×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘प्यानिक सेल’ आउँदा सेयर बजारमा पहिरो, ६३.२८ अंकले घट्यो नेप्से

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘प्यानिक सेल’ आउँदा सेयर बजारमा पहिरो, ६३.२८ अंकले घट्यो नेप्से

Artha Sarokar

६ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । बजार ६३.२८ अंकले घटेर २९०५.१४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २३१ कम्पनीको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ८१ करोडमाथिको कारोबार भएको छ । लगानीकर्ताले घाटामै सेयर बेच्न थालेपछि बजारमा ठुलो प्यानिक सेल आएको हो ।
धितोपत्र बोर्डले गत मंगलबार ५१ कम्पनीको लगानी जोखिमयुक्त भन्दै विज्ञप्ति सार्वजनिक गरेपछि बजार निरन्तर घटिरहेको छ । घटेको बजारमा आज पनि सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यस कम्पनीको ८० करोडमाथिको कारोबार भएको छ । आज सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा कुमारी बैंकको प्रमोटर सेयरका लगानीकर्ताले कमाएका छन् भने युनियन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी