
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ठुलो भ्रष्टाचारपछी आएको अनलाइन सिष्टममा ‘भ्रष्टचार’को एफेक्टको संकेत देखिन थालेको छ । ठुलो रकम खर्चिएर पनि बल्ल बल्ल काम चलाउ बनाइएको सिष्टममा कारोबार बढेसँगै सेयर नै हराउने, बेच्दै नबेचेको सेयर बेचेको देखाएर उल्टै पेनाल्टी लगाईदिने, बेच्नुपर्ने बेलामा सेयर नै हराएर बेच्न नमिल्ने, लगायतका सामस्याहरु देखिएका छन् । जसले एकातर्फ लगानीकर्ताहरु वाक्क-दिक्क त भएका छन् नै, अर्कोतर्फ निश्चित सेयरको भाउ घत्नैनादिनेवा केहीको बढ्नै नदिनेगरी ती सेयर किनबेचमै रोक लगाउनेगरी केहि खेलाडीहरुले सफ्टवेर निर्मातासँगको मिलेमतोमा गम्भीर अपराध गरिरहेको लगानीकर्ताहरुको आरोप छ ।
टिएमएसबाट सेयर नै गायब !
केहि दिन यता सेयर बजारमा ठुलो रकमको कारोबार भईरहेको थियो । लगानीकर्ताहरु कोहि प्रोफिट बुकीङमा लागेका थिए भने कोहि सेयर किनिरहेका थिए । तर यहि बीच टि एमएसमा देखिएको समस्याले लगानीकर्ताहरु तनावमा परेका छन् । केहिले त किन्दै नकिनेको सेयरसमेत आफैं किनिएर त्यसवापतको पेनाल्टीसमेत तिर्न बाध्य भएका छन् । केहिले २० कित्ता किन्दा ४० कित्ता सेयर किनिएको, १० कित्ता बेच्दा २० किटा बेचिएको, एउटा मूल्यमा किनेको सेयर अर्कै मूल्यमा किनिएको देखाएर धेरै रकम असुल गरिएको, धेरै मूल्यमा बेचेको सेयर थोरै मूल्यमा देखाएर घाटा पारिएको लगायतका गुनासाहरु लगानीकर्ताहरुबाट आइरहेका छन् ।
नेप्सेले ब्रोकर देखाउँछ, ब्रोकरले नेप्से… मुख्य समस्या कहाँ ?
यस्तो हुनुको पछाडी मुख्य समस्या भनेको टिएमएसमा हो । तर टिएमएसको यो समस्या कसरी भयो ? के भयो ? भन्ने बुझ्दाबुझ्दै लगानीकर्ताहरु भने पेनाल्टीमा परिसकेका छन् । बिहीबार पनि थुप्रै लगानीकर्ताले आफुले थोरै मूल्यमा किनेको सेयर धेरै मूल्यमा सेटलमेन्ट भएको र ५० कित्ता किन्दा ७० कित्ता आउने, १० कीत्ता बेच्दा २० कित्ता बेच्ने समस्या भएको बताएका छन् ।
‘ब्रोकरलाई यसो भयो भन्दा नेप्सेमा खबर गर्नुस् भन्छन् , नेप्सेमा फोन गर्दा ब्रोकरकहाँ जानुस् भन्छन्, अनि हामी लगानीकर्ताचाहिं कहाँ जानु ? पेनाल्टी परिसक्यो, कसैले बुझ्ने भएनन् हाम्रो समस्या ।’ अर्थ सरोकार डटकममा सम्पर्क गर्दै एक लगानीकर्ताले भने, ‘नेप्सेको सिष्टम नयाँ भन्थे, पारा देख्दा त थोत्रो सिष्टम रहेछ । हुन त कति कमिसन खाएर बल्ल बल्ल ल्याएको सिष्टम होला, के गतिलो हुन्थ्यो र ?
यता नेप्सेले भने सेटलमेन्टको विषय ब्रोकरको भएको बताउंदै आएको छ भने ब्रोकरले पनि लगानीकर्ताका थुप्रै गुनासाहरु आएका तर सो गुनासाहरु उपर आफुले केहि गर्न नसक्ने बरु नेप्सेले ध्यान दिनुपर्ने बताउँदै आएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्