×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गर्ल्यामगुर्लुम ढल्यो बजार, अब के हुन्छ ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गर्ल्यामगुर्लुम ढल्यो बजार, अब के हुन्छ ?

Artha Sarokar

७ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार पनि सेयर बजारमा पहिरो गएको छ । आइतबारको तुलनामा बजार ७१.०६ अंकले घटेर २८३४.४० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२७ कम्पनीको २ करोड ३० लाख ११ हजार ८३० कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ८४ करोडमाथिको कारोबार भएको छ ।
धितोपत्र बोर्डले गत मंगलबार ५१ कम्पनीको लगानी जोखिमयुक्त भन्दै विज्ञप्ति सार्वजनिक गरेपछि बजार निरन्तर घटिरहेको छ । बजार घट्ने क्रम आज पनि जारी नै छ । आजसम्म आउँदा बजार धेरै अंकले घटेपछि अब भने बजारले सुधारको बाटो अर्थात बढ्ने बताइएको छ । 
यसरी घटेको बजारमा आज सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यस कम्पनीको १ अर्बमाथिको कारोबार भएको छ । आज पनि सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् भने युनिभर्सल पावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी