×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेबोनको विज्ञप्तिको ह्याङओभर सकिँदै, आफ्नै लयमा फर्किंदै गरेको बजारमा बिहिबार १.२९ अंकको करेक्सन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सेबोनको विज्ञप्तिको ह्याङओभर सकिँदै, आफ्नै लयमा फर्किंदै गरेको बजारमा बिहिबार १.२९ अंकको करेक्सन

३ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से घटेको छ । बुधबारको तुलनामा बजार १.२९ अंकले घटेर २९६८.४३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२३ कम्पनीको २ करोड ३ लाख ६५ हजार ६९९ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्ब ९० करोडमाथिको कारोबार भएको छ ।
यता धितोपत्र बोर्डले मंगलबार ५१ कम्पनीको लगानी जोखिमयुक्त भन्दै विज्ञप्ति नै सार्वजनिक गरेको थियो । सोहि प्रभावले बुधबार नेप्सेमा भारी अंकको गिरावट आएता पनि आज भने बजार आफ्नै लयमा फर्किन खोजेको छ ।  आइतबारबाट बजार थप लय लिने विश्वाश गरिएको छ । 
आज पनि सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यस कम्पनीको ७६ करोड ७४ लाखमाथिको कारोबार भएको छ । आज ६ समूह बढेका छन् भने अन्य समूह घटेका छन् । यस्तै आज सबैभन्दा खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने सीईबीडि हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: