×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२९ अंकले बढेको नेप्से हालसम्मकै उच्च बिन्दुमा, झन्डै १७ अर्बको कारोबार !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । बुधबारको तुलनामा बजार २९.५५ अंकले बढेर २८५६.६७ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २१८ कम्पनीको ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता सेयर खरिद बिक्री हुँदा १६ अर्ब ९० करोडको कारोबार भएको छ । बजार २९.५५ अंकले बढ्दा नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । 
आज पनि सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमाको भएको छ । यस कम्पनीको कुल १ अर्बमाथिको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ४ वटा समूहबाहेक अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै मन्जुश्री फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने पन्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: