- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार प्रि ओपनिङमा ७५ कम्पनीको सेयर मूल्य घटेको छ । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारका क्रममा चलखेल भएको भन्दै ५१ कम्पनीको सूची सार्वजनिक गरेपछि आज प्रि मै बजार ३२ अंकले घटेको छ ।
सो सेसनमा कुल ११६ कम्पनीको सेयर कारोबार भएकोमा ७५ कम्पनीको शेयर मूल्यमा गिरावट आएको हो । १८ कम्पनीको सेयर मूल्य बढेको छ भने २३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज अधिकाशं १० कित्ता मात्र सेयर कारोबार भएको छ । नेप्से परिसूचक २९८९.५५ अंकमा आईपुगेको छ ।