×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयरमा आवेदन दिने बिहिबार अन्तिम, भाउ कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआइसी एसिया बैंकको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयरमा आवेदन दिने बिहिबार अन्तिम, भाउ कति ?

२७ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया बैंकको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ  । आज कार्यालय समयसम्म कम्पनीको सो सेयरमा आवेदन दिन पाइने भएको हो  । बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको न्यूनतम भाउ १३ सय ६६ रुपैयाँमा ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको थियो । 
यसमा लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौंबाट आवेदन दिन सकिनेछ । यस्तै लगानीकर्ताले बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालय विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी