
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआईसी एशिया बैंकले कोरोना भाइरसको महामारीका बेला घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ दुई वटा अनलाईन एकाउन्ट ओपनिङ च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ । २०७८ जेष्ठ २३ देखि आषाढ १९ सम्म सञ्चालन हुने यी दुई प्रतियोगिताहरूमध्ये सबैभन्दा कम समयमा अनलाईन खाता खोल्ने एक जनालाई आईफोन-१२ तथा १० जनालाई स्मार्टवाच र यस बैंकको अनलाईन खाता खोल्ने प्रक्रियाबारे उत्कृष्ट भिडियो बनाई युटुबमा अपलोड गर्ने दुई जनालाई जनही ५० हजार नगद जित्ने मौका रहेको छ । ‘एकाउन्ट ओपनिङ च्यालेन्ज’ का लागि सहभागीले जतिसक्दो कम समयमा यस बैंकको वेबसाइटमार्फत सफलतापूर्वक खाता खोल्नुपर्नेछ ।
यस प्रतियोगितामा सहभागी हुनका लागि निम्नलिखित चरणहरु पार गर्नुपर्नेछ:
- यस बैंकको वेबसाइटबाट खाता खोल्ने प्रक्रिया पूरा गर्ने ।
- Account Progression मा गई आफ्नो रिफरेन्स कोड राखेर खाता खोल्ने स्टेप १ देखि Submitted सम्म देखिने गरी Screenshot लिने ।
- बैंकको आधिकारिक फेसबुक पेजमा रहेको Pinned पोष्टको कमेन्टमा Challenge Accepted लेखि आफ्ना ५ जना साथीहरूलाई Tag गरी उक्त Screenshot पोष्ट गर्ने ।
- सहभागीले उक्त Pinned पोष्टलाई आफ्नो टाइमलाइनमा #GharBataiOnlineKhata तथा #NICASIABANK उल्लेख गरी सार्वजनिक रुपमा सेयर गर्ने ।
- यस बैंकको फेसबुक पेज र उक्त Pinned पोष्टलाई लाइक गर्ने ।
यस प्रतियोगिता अवधिभर हरेक साता दुई/दुई जना तथा प्रतियोगिता अवधिभर छोटो समयमा खाता खोल्ने १० जनालाई छनौट गरी बैंकले प्रत्येकलाई एक/एक वटा स्मार्टवाच प्रदान गर्नेछ र उत्कृष्ट १० जनामध्ये पनि कम समयमा खाता खोल्ने एकजना भाग्यमानी ग्राहकलाई आइफोन-१२ प्रदान गरिने योजना रहेको छ । ‘Video Challenge’ का लागि भने युटुबमा भिडियोहरू अपलोड गर्ने यूटुबर ग्राहकहरुले यस बैंकको अनलाईन खाता खोल्ने प्रक्रिया एवं यसका योजनाहरूबारे भिडियो वा भ्लग बनाई यस प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।
भिडियो बनाउँदा बैंकको ‘सहज रुपमा अनलाईन खाता प्रकृया’ एवं ‘महामारीको बेला बैंक पुगेर खाता खोल्दाका चुनौति’ बारेमा सहभागीले खुलेर प्रस्तुती दिनुपर्ने हुन्छ । सहभागीले आफुसँग रहेको कौशल प्रयोग गर्दै रचनात्मक भिडियो तयार पारी युटुबमा यस बैंकको आधिकारिक युटुब च्यानललाई ट्याग गरी #GharBataiOnlineKhata एवं #NICASIABANK उल्लेख गरी भिडियो अपलोड गर्नुपर्नेछ । सहभागी भएका भिडियोहरूमध्ये रचनात्मक भिडियो र सबैभन्दा धेरै पटक (न्यूनतम २ हजार पटक) हेरिएको भिडियोलाई जनही ५० हजारका दरले नगद पुरस्कार प्रदान गरिनेछ । बैंकले हालसम्म मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्