×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकको ३ अर्ब रुपैयाँको ३० लाख इकाई ऋणपत्रमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाईन्छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनआइसी एसिया बैंकको ३ अर्ब रुपैयाँको ३० लाख इकाई ऋणपत्रमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाईन्छ ?

Artha Sarokar

१० असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । निर्धारित समयमा ऋणपत्र बिक्री नभएपछि समय थप गरी २० गतेसम्म लम्ब्याइएको हो । बैंकले असर ६ गतेदेखि १ हजार रुपैयाँ अंकित मूल्यमा ३० लाख इकाई ‘एनआइसी ऋणपत्र २०८८’ जारी गरेको हो । कुल ३० लाख इकाईमध्ये १२ लाख इकाईमा सर्वसाधारणले लगानी गर्न सक्नेछन् भने बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बैंकले यस ऋणपत्रमा वार्षिक व्याजदर ८.५% दिने जनाएको छ भने ऋणपत्रमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ । ऋणपत्रमा २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । एनआइसीले ऋणपत्र निष्कासनका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । बैंकको ऋणपत्रलाई कियर रेटिङ नेपालले कम जोखिम जनाउने कियर एनपी सिंगल ए रेटिङ प्रदान गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी