×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

स्टाफको निधन हुँदा पनि निर्धनलाई सहकर्मीभन्दा बिजनेशकै चिन्ता, ‘अत्याचार’ले सिमा नाघेपछी विरोधमा कर्मचारी !

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । यतिबेला कोरोना महामारीले पूरै देश आक्रान्त छ । युद्धमा लडेका सिपाहीहरुजस्तै अस्पतालहरुमा दिनानुदिन मान्छे भुक्लुक-भुक्लुक मरिरहेका छन् । सबैलाई बचाउने र आफु पनि बाँच्ने बेला छ अहिले । सरकारले लकडाउन गरेको छ । सबैतिर महामारीको चिन्ता छ । बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीहरु पनि थुप्रै संक्रमित भईसकेका छन् । धेरैले ज्यान गुमाईसकेका छन् । अहिले व्यापार व्यवसायभन्दा पनि स्वास्थ्यको चिन्ता लिनुपर्ने अवस्था छ । तर यस्तो अवस्थामा पनि निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले भने आफ्ना कर्मचारीको भन्दा बढी बिजनेशको चिन्ता गर्न थालेपछि र आफ्ना २ कर्मचारीको कोरोना संक्रमणकै कारण निधन हुँदा पनि खासै चेत नखुलेपछि संस्थाका कर्मचारीहरु व्यवस्थापनको यस्तो हर्कत विरुद्ध उत्रिएका छन् ।
संस्थाले कर्मचारीलाई कोरोनाको ठुलो जोखिमका बीच पनि फिल्डमा जान बाध्य पारेको भन्दै निर्धनको कर्मचारी युनियनले खेद व्यक्त गरेको छ । संस्थाको केन्द्रीय कार्यालय बाट मिति २०७८/०२/१९ गते जारी परिपत्रले संस्था कर्मचारीको स्वास्थ्य भन्दा पनि व्यापारमा फोकस भएको भन्दै युनियनले यसको विरोध गरेको हो ।
पत्रमा कर्मचारीलाई यो विषम परिस्थिति मा फिल्डमा गएर किस्ता उठाउने घुमाउरो तरिकाले आदेश दिईएको थियो । पत्र क्षेत्रीय कार्यालय आएको थाहा भएलगत्तै जेठ १९ गते नै ७ ओटा प्रदेश कमिटी अध्यक्षहरुको भर्चुअल बैठक बसेको थियो । बैठकको निर्णय अनुरुप सातै ओटा प्रदेश अध्यक्षको संयुक्त विज्ञप्तिसमेत सार्वजनिक भएको छ । बिज्ञप्तिमा केन्द्रिय कार्यलयबाट प्रेसित परिपत्रको खण्डन गर्नुका साथै केन्द्रिय समितिले व्यवस्थापन पक्षले एकलौटी ढंगबाट जारी गरेको परिपत्रलाइ खण्डन गरेर तत्काल त्यसलाई नसच्याए यसको विरोध गर्नेसमेत जनाएको छ ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal