
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनएमबि बैंकले मनाङ जिल्लाका बाढी प्रभावितलाई राहत वितरण गरेको छ । बैंकले हेलिकप्टर चार्टर गरेर राहतमा मिनरल वाटर, स्यानिटाईजर र मास्क वितरण गरेको हो । एनएमबि बैंकको मनाङ शाखाका शाखा प्रमुख लभ गुरुङ्गको संयोजकत्वमा शाखाका कर्मचारीहरु, चामे गाँउपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले, सोही गाउँपालिकाका, वडा नं. ५ का अध्यक्ष कैले गुरुङ्ग तथा स्थानीय समुदायको उपस्थितिमा उक्त सामग्रीहरु वितरण गरिएको थियो ।
अचानक मौसम प्रतिकुल भएर बाढीले अलपत्र भई जीवन मरणको दोसाधमा रहेका तीन जना नावालक सहित गरि पाँच जनालाई उक्त राहत वितरणमा गएको टोलीले हेलिकप्टरबाट उद्धार स्वरुप उपचारका लागी काठमाडौं पठाएको थियो । उद्धार गरिएका व्यक्तिहरुमा वर्ष ६५ का बुद्वराम गुरुङ्ग, वर्ष ९ का जोह्न गुरुङ्ग, वर्ष ७ की आरध्या गुरुङ्ग, वर्ष ८ की जेनिप गुरुङ्ग र वर्ष २७ की लक्ष्मी गुरुङ्ग रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्