×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अब बैकमा नगईकनै मोबाइलबाट आवेदन दिएको ५ मिनेट मै एनएमबि बैंकबाट २ लाख सापटी चलाउन पाइने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ। एनएमबि बैंकले एनएमबि सापटी २.० नामक एक आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा सुरु गरेको छ । यो सेवा अन्तर्गत कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने बैंकले जनाएको छ । यो ‘नेपालमै पहिलो पटक’ २४ अ‍ै घण्टा र ७ तै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। एनएमबि सापटीको निरन्तरताको रूपमा यस्तो व्यवस्था गरिएको हो ।
यस सेवामा कुनै पनि व्यक्तिले बैंकसम्म नधाईकनै मोबाइलको प्रयोगबाट आवेदन दिएको ५ मिनेट भित्र नै कर्जा प्राप्त गर्न सक्छन्। एनएमबि सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरूको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरूको परिपूर्तिको लागी प्रदान गरिने एक छोटो अवधिको धितो विनाको कर्जा रहेको बैंकले जनाएको छ ।
एनएमबिमा व्यक्तिगत कर्जा भएका ग्राहकहरूलाई २४ महिना सम्मको लचिलो अवधिसहित २ लाख रुपैयाँसम्म २४ सै घण्टा र ७ तै दिन कर्जा तुरुन्त उपलब्ध गराइने बैकले जनाएको छ । यसमा ग्राहकहरूले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताको आधारमा छनौट गर्न सक्नेछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: