
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था र एस.बी सोलुसन्सबीच सम्झौता भएको छ । कम्पनीले एसबी सोलुसन्ससँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । यसले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ । कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द पान्डे र एस.बी सोलुसन्स्का तर्फबाट अध्यक्ष विपुल ढकालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
क्रेडिट-एक्स ऋण अटोमेसन प्रणालीको थालनी सँगै, लघुवित्त संस्थाहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्याउनेछ । यो नयाँ तरिकाले लघुवित्त संस्थालाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ ।
ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्र्तगत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ ।
यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, लघुवित्त संस्थाहरूका उपभोक्ताहरूले प्रशोधन र ऋण स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशत भन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् । एनएमबी लघुवित्त वित्तीय संस्था, राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त संस्था हो । यस संस्थाले एक मजबुत र भरपर्दो लघुबित्त संस्थाको रूपमा स्थापित गर्ने प्रतिबद्धता लिएको छ । एनएमबी लघुवित्त वित्तीय संस्थाको लगभग २ लाख भन्दा बढि ग्राहक रहेका छन् र देशभरि ११० भन्दा बढि शाखाहरु रहेका छन् ।
एस.बी सोलुसन्स्ले बैंक तथा वित्तीय संस्थाहरुमा कर्जा पक्रियालाई अटोमेसन तथा डिजिटाइजेसन गर्न क्रेडिट–एक्स नामक सफ्टवेयर जडान तथा इम्पिलीमेन्टेसन गर्दै आईरहेको छ । साथै एस.बी सोलुसन्स् प्रालिले डिजिहबसँगको सहकार्यमा पेमेन्ट अटोमेसन, एपीआई सर्भिसेस अटोमेसन तथा डिजिटाइजेसनको कामहरु पनि गर्दै आइरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्