
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आउने आइताबरदेखि बन्द रहेको ओपिडी सेवा पूर्ण रुपमा पुनः संचालनमा ल्याउने भएको छ । कोभिड-१९ को दोश्रो लहरको संक्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपिडी सेवा बन्द गरेको थियो । पछिल्लो समय कोभिड संक्रमण निरन्तर घटिरहेको छ ।
कोभिड संक्रमण घटेसँगै अस्पतालमा उपचारका लागि आउने नन्कोभिड बिरामीहरुको चाप ह्वात्तै बढेको छ । कोभिडका बिरामीको संख्या घट्नु र नन्कोभिडका बिरामीको संख्या ह्वात्तै बढेपछि उनीहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी निजी अस्पताल संचालकहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल(अफिन)को निर्णयअनुसार नर्भिकले ओपिडी सेवा पुनः सुचारु गर्ने भएको हो ।
नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार अस्पतालमा आउने बिरामीहरुको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर पूर्ण रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित ओपिडी सेवा संचालनमा ल्याउने तयारी गरिएको छ । आइतबारदेखि नर्भिकमा कोभिडको दोश्रो लहर फैलिनुअघि संचालनमा रहेका बहिरंग विभाग अन्तर्गतका सबै सेवा उपलब्ध हुनेछन् । नर्भिकको यो निर्णयबाट कोभिड संक्रमणका कारण समयमै उपचार नपाएका नन्कोभिड बिरामीहरुले राहात पाउने सिंहको अपेक्षा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्