×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कोभिड जितेका पोल्याण्ड नागरिक भन्छन्-‘नेपालमा पनि यूरोपस्तरको अस्पताल रहेछ’

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न आएका पोल्याण्डका नागरिक टोमास्ज ज्याबोकलिकीलाई आधार शिविरमा पुगेको केही दिनमै एकाएक ज्वरो आएको थियो । शरीर थिलथिलो भएपछि उनको तत्काल पीसीआर चेक गरेका थिए । पीसीआर चेक गरेपछि कोभिड-१९ संक्रमण भएको पुष्टि भयो । उनीसँगै उनको टिमका ३ जनामा संक्रमण देखियो । अरुको अवस्था सामान्य भए पनि ६३ वर्षीय टोमास्जको अवस्था भने जटिल बन्दै गयो । ‘नेपालमा यूरोपमा जस्तो स्वास्थ्य सेवा नपाइएला, अब यतै मर्नुपर्ने अवस्था बन्ने भयो भन्ने लागेको थियो ।’ बुधबार स्वदेश फर्किनुअघि थापाथलीस्थित नर्भिक अस्पतालबाट डिस्चार्जको कागजात बुझ्दै टोमास्जले भने-‘तर, यहाँ पनि यूरोपका झै स्तरीय अस्पताल रहेछन् ।’
उनले आफूले हचुवाको भरमा नर्भिक अस्पतालको सेवालाई यूरोपका अस्पतालले दिने सेवासँग तुलना नगरेको पनि प्रष्ट्याए । ‘मैले यो कुनै कथा भनिरहेको छैन, यो यथार्थ हो ।’ उनले भने-‘नर्भिकको मेडिकल प्रोसेड्यूर र सेवा यूरोपकै जस्तै रहेछ । मैले यहाँ बस्दाका प्रत्येक प्रोसेड्यूरको विषयमा यूरोपस्थित मेरा निजी चिकित्सकहरुलाई जानकारी गराउने गरेको थियो, उनीहरुले पनि नर्भिकको मेडिकल प्रोसेड्यूर चेक गरे । नर्भिकका डाक्टरहरुलाई पनि यूरोपका मेरा डाक्टरहरुसँग निरन्तर सम्पर्क गराएका थिए । सो क्रममा मेरा निजी डाक्टरहरुले नै पनि ‘नर्भिकको सेवा तथा उपचार प्रक्रिया यूरोपको जस्तै रहेको’ भनेका छन् ।
कोभिड संक्रमणबाट ग्रस्त भई गम्भीर बनेका उनी करिब एकमहिना लामो उपचारपछि ठीक भएका हुन् । अस्पतालका डाक्टरहरुकाअनुसार नर्भिक ल्याइपुर्याउँदा उनको अवस्था निकै जटिल थियो । सघन उपचार कक्षमा राखेर उनको उपचार गरिएको थियो । उनले नर्भिक अस्पतालबाट विदा हुँदै गर्दा नेपालजस्तो सानो र विकासोन्मुख मुलुकमा समेत यूरोपकै स्तरको स्वास्थ्य सेवा रहेकोमा खुशी प्रकट गरे । नर्भिकका डाक्टर तथा नर्सहरुको व्यवसायिकता, मीठो बोलीबचन र हसमुख व्यवहारको समेत उनले खुलेर प्रशंसा गरे ।
‘यहाँका डाक्टरहरु पूर्ण व्यवसायिक रहेछन् । डा. शैलेन्द्र, डा. ऋतिका लगायतको सेवा निकै प्रोफेसनल लाग्यो ।’ उनले थपे-‘नर्सहरु समेत कोमल हृदयका र सहयोगी भावना बोक्ने रहेछन् । उनीहरुको मुस्कान त झनै राम्रो ।’ उनले अस्पतालमा आफूलाई कुनै समस्या नरहेको र नेपाल जाने आफूजस्तै पर्यटक तथा आफ्ना साथीभाईलाई कुनै स्वास्थ्य समस्या परे नर्भिक नै जान आफूले सल्लाह दिने समेत बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: