×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब ५ करोड लगानी गर्ने

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १ अर्ब ५ करोड बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले  एक सूचना प्रकाशित गर्दै बैंकको कर्मचारी उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको जानकारी दिएको हो ।  
राष्ट्र बैंकले तोकिएको शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आवेदन गर्न आह्वान गरेको छ । २०७८ असार २१ गतेदेखि २०७९ असार २१ गतेसम्म उक्त परिमाणको रकम मुद्दती खातामा राख्न लागेको हो । ‘क’ वर्गका वाणिज्य बैंकमा ८४ करोड, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा १५ करोड ७५ लाख र  ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ५ करोड २५ लाख रुपैंयाँ लगानी राष्ट्र बैंकले गर्नेछ। 
यसका लागि बैंकहरुले चाहेको रकम र रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई असार ९ गते दिउँसो ५ बजेभित्र पेश गर्नुपर्नेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal