×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

रेमिट्यान्स कम्पनीलाई कडाई गर्दै राष्ट्र बैंक

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीलाई थप कडाइ गरेको छ । मंगलबार राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै केन्द्रीय बैंकले विदेशी विनिमयदर र कारोबारमा कडाइ गरेको हो । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै फेडानमार्फत् राष्ट्र बैंकबाट विदेशी विनिमयदर अनुसारनै कारोबार गर्न बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स निर्देशन दिएको छ ।
जसअनुसार अब फरेन एक्सचेञ्ज डिलर एसोसिएसन अफ नेपाल (फेडान)ले प्रकाशित गर्ने विनिमयदर अनुसार सबै रेमिट्यान्स कम्पनीहरु विदेशमा रहेका नेपालीको पैसा पठाउनु पर्नेछ । यसअघि विभिन्न रेमिट्यान्स कम्पनीहरुले भिन्न भिन्न रेटमा विदेशी मुद्रा सटही गरी रेमिट्यान्स पठाउने गरेका हुँदा यसमा एकरुपता ल्याउन राष्ट्र बैंकले यस्तो गरेको हो । 
हालसम्म यस्तो विदेशी विनिमयदर राष्ट्र बैंकले २० वटा देशको आफ्नो वेव साइटमा प्रकाशित गर्ने गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार फेडानले प्रकाशित हुने विदेशी मुद्राहरुको औषत खरिद दर तय गरी प्रत्येक दिन बिहान १० बजे र २ बजे प्रकाशित गर्नुपर्ने छ । जसमा फेडानले नेपाली रहेका सम्पूर्ण देशको मुद्राको विनिमयदर प्रकाशित गर्नु पर्नेछ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal