×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको एक वर्षे मुद्दती निक्षेपमा १ अर्ब ७८ करोड रुपैयाँ लगानी गर्ने

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । केन्द्रिय बैंकले १ अर्ब ७८ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको एक वर्षे मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागेको हो । राष्ट्र बैंकको उपदान तथा पेन्सन जस्ता कोषमा रहेको उक्त रकम २०७८ असार १ गतेदेखि २०७९ असार १ गतेसम्मको लागि मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
जसमा १ अर्ब ४२ करोड ४० लाख रुपैयाँ वाणिज्य बैंकमा, विकास बैंकमा २६ करोड ७० लाख रुपैयाँ र वित्त कम्पनीहरूमा ८ करोड ९० लाख रुपैयाँ बराबरको रकम लगानी गरिने भएको हो । बैंकहरुले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत खुलाई जेठ २५ गते दिउँसो ५ बजेभित्र पेश गर्नुपर्नेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal