×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण कुमार चौधरी हंगेरीको अवैतनिक महावाणिज्यदूतमा नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अरुण कुमार चौधरी हंगेरीको अवैतनिक महावाणिज्यदूतमा नियुक्त

Artha Sarokar

३ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल सरकारले अरुण कुमार चौधरीलाई औपचारिक रुपमा हंगेरीका अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ । उनलाई हंगेरीका परराष्ट्र मन्त्री पिटर सियार्टोले १७ फेब्रुअरी २०२१ मा प्रदान गरेको कन्सुलर कमिसनका आधारमा नेपाल सरकारले उनलाई अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको हो ।
उहाँलाई परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल (Chief of Protocol) डा.दुर्गा बहादुर सुवेदी क्षेत्रीले सोमबार ओहदाको प्रमाण पत्र (The Exequatur) हस्तान्तरण गरेका हुन् । डा सुवेदीले उनलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना समेत गरे ।
अरुण कुमार चौधरी नेपालको व्यवसायिक घराना सीजी होल्डिंग्स्का अध्यक्ष तथा प्रबन्ध सञ्चालक हुन् । कार्यक्रममा उनले आगामी दिनमा नेपाल-हंगेरीको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी