×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

देश बोल्ने फोटो कथा : धापाखेलको बाँसघारीमा गुँड बनाउन व्यस्त तोप चरा, संक्रमणकैबीच बागलुङमा पनि सुरु भयो रोपाईं

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले ललितपुरको धापाखेल क्षेत्रको बाँसघारीमा गुँड बनाउन ब्यस्त तोप चरादेखि कोरोना सङ्क्रमणको जोखिम मोलेर बागलुङको जैमिनी नगरपालिका– १० राङ्खानीको फाँटमा धान रोप्दै गरेका किसानसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
ललितपुरको धापाखेल क्षेत्रको बाँसघारीमा गुँड बनाउन ब्यस्त  तोप चरा ।  गुँड बनाउने आकर्षक कलाले गर्दा तोप चरालाई इन्जिनियर चरा पनि भनिन्छ । प्रजननका समयमा तोप चरा विभिन्न ठाउँबाट काठमाडौँ आउँछन् र भालेले पोथी फकाउन निकै मेहनतले गुँड बनाउँछन्  ।
कोरोना सङ्क्रमणको जोखिम मोलेर बागलुङको जैमिनी नगरपालिका– १० राङ्खानीको फाँटमा  धान रोप्दै किसान । यहाँको आदानप्रदान कृषि सहकारीले बाँझो जमीनमा सामूहिक धान खोती थालेको छ । 
कैलालीको भजनीमा किसानको खेतमा झुलेको चैते धान । चैतमा रोपाइँ गरेको धान अहिले किसानले भित्र्याउन थालेका छन् भने कतै पाक्ने तयारीमै रहेको छ । 
व्यावसायिक रूपमा पालिएका बाख्रालाई खोलाको बगरमा चराउँदै दाङका किसान ।
तनहुँको व्यास नगरपालिका–५ रानीटारीमा रोपाइँ गर्नका लागि कुलो सरसफाइ गर्दै स्थानीयवासी । कोरोना कहर र निषेधाज्ञाका बीचमा जिल्लाका कृषक रोपाइँ गर्न व्यस्त छन् । 
कपिलवस्तुको बुद्धभूमि नगरपालिका– २ स्थित पुरेनामा पानीबाट जोगिन छतरी बनाउँदै थारु समुदायका एक वृद्ध । बाँसको चोयाबाट बनाइने छतरी थारु समुदायले पानी पर्दा जोगिन छाताको विकल्पका रुपमा प्रयोग गर्ने परम्परागत साधन हो ।
कैलालीको सुखड बजारबाट खाद्यान्न खरीद गरी घरतर्फ जाँदै शारीरिक अशक्तता भएका एक व्यक्ति । ती व्यक्ति जारी निषेधाज्ञाले घर सञ्चालन गर्न निकै गाह्रो भएको बताउँछन् ।
काठमाडांैँ नयाँ बानेश्वरचोकमा फलामे आकाशे पुल निर्माण गरिँदै । आकाशे पुल बनेपछि पैदल यात्रुलाई सहज हुनेछ । 
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal