×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अधिकाशं स्थानमा बाढी-पहिरोको वितण्डा, तस्विरमा हेर्नुहोस् बर्खाको सुरुवातमै यी स्थान परे सबैभन्दा बढी जोखिममा

  • अर्थ सरोकार सम्बाददता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले देशका अधिकाशं स्थानमा बाढी-पहिरोले मच्चाएको वितण्डालाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
मेलम्ची खोलामा एक्कासी पानीको बहाव बढ्दा भीषण बाढी आएपछि जोखिममा बस्ती ।  
कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको सदरमुकाम बेनीमा गरेको कटान । कालीगण्डकीले नदी नियन्त्रणका लागि निर्माण गरिएको पर्खाल भत्काएपछि बेनी बजार कटानको उच्च जोखिममा परेको छ । 
तनहुँको व्यास नगरपालिका–३ स्थित मादीसेती नदीमा बाढीले बगाएर ल्याएको दाउरा सङ्कलन गर्दै सर्वसाधारण । जोखिमका बाबजूद पनि स्थानीयवासी नदी किनारमा गई दाउरा सङ्कलन गर्न व्यस्त छन् । 
निरन्तरको वर्षापछि आएको पहिरोले   सन्धिखर्क ७ डिहीडाडा स्थित चन्द्र प्रभा माध्यमिक विद्यालय जोखिममा ।
मदन भण्डारी राजमार्ग अन्र्तगत गुल्मीको इस्मा गाउँपालिकाको गुर्बा खोलामा बाँसले बनाएको अस्थायी पुलबाट खोला तर्दै स्थानीय । स्थायी पुल नबन्दा यहाँका स्थानीय समस्यामा परेका छन् ।
हिजो साँझदेखि इन्द्रावती नदीमा आएको बाढीका कारण बुधबार बिहान पुरिएको मेलम्ची बजार । बाढीले चौतारा मेलम्ची वारपार गर्ने पक्की पुल, चन्द्र शमशेरको पालमा बनाइएको झोलुङ्गे पुल बाढीले बगाएको छ । 
कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको सदरमुकाम बेनीमा गरेको कटान । कालीगण्डकीले नदी नियन्त्रणका लागि निर्माण गरिएको पर्खाल भत्काएपछि बेनी बजार कटानको उच्च जोखिममा परेको छ । 
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत गलुवामा खसेको पहिरो । पहिरोले करिडोर अवरुद्ध छ ।
निरन्तरको वर्षापछि आएको पहिराले जोखिममा परेको तनहुँको व्यास नगरपालिका–६ काफ्लेफाँटका घर । पहिरोका कारण यहाँका दुई घर जोखिममा छन् । 
काठेखोलामा आएको बाढीले क्षति पु¥याएको बागलुङ नगरपालिका– १ मालढुंगामा रहेको पक्की पुलमा क्षति । पुलमा क्षति पुगेसँगै जिल्लाको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ ।
पहिराले अवरुद्ध बागलुङ–पोखरा राजमार्गअन्तर्गत पर्वतको अर्मादीमा सडक खुलाउने प्रयास गर्दै स्काभेटर । पहिरोका कारण हिजोदेखि सडक अवरुद्ध छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: