×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : निषेधाज्ञा खुकुलो भएसँगै तनहुँमा बढ्यो भिडभाड, वसन्तपुरमा ग्राहक कुरेर बसेका रिक्सा चालक !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले तनहुँको सदरमुकाम दमौलीस्थित निषेधाज्ञा खुकुलो बनाएसंगै खुला गरिएका फेन्सी व्यवसायदेखि असार ८ गतेदेखि लकडाउन खुकुलो भएसँगै काठमाडौँको वसन्तपुरमा ग्राहक कुरेर बसेका रिक्सा चालकसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
तनहुँको सदरमुकाम दमौलीस्थित सफासडकमा खुला गरिएका फेन्सी व्यवसाय । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो बनाउँदै सबै व्यवसाय बिहान ८ बजेदेखि ११ बजेसम्म खुला गर्न अनुमति दिएको छ । 
असार ८ गतेदेखि लकडाउन खुकुलो भएसँगै वसन्तपुरमा ग्राहक कुरेर बसेका रिक्सा चालक । 

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ एक्लेफाँटमा रोपाईं गर्दै महिला । यस वर्ष चाँडै वर्षा भएकाले रोपाईंको चटारो शुरु भइसकेको छ । 
धनगढी उपमहानगरपालिका–२ को दिप टोलमा व्यावसायिक रुपमा गरेको तरकारी बारीमा बुधबार कीटनाशक विषादी छर्कंदै स्थानीय किसान । केही दिनदेखिको लगातारको वर्षा र  तरकारीका बिरुवामा देखिएको रोगका कारण उत्पादन वृद्धिमा ह्रास आएको कृषकले बताएका छन् । 
व्यास नगरपालिका–१ को चारकुनेबाट उत्तरतर्फ रहेको वडा कार्यालय जाने सडक कालोपत्रे गर्ने तयारी गरिँदै । गण्डकी प्रदेशको रु पन्ध्र लाख र वडाको रु चार लाखको लागतमा २२६ मीटर नाला र २३१ मीटरमा १०७ मिटर रोलरसहित १२४ मीटर कालोपत्रे गरिन लागेको हो ।
तनहुँको भानु नगरपालिका–८ स्थित सिर्जना जैविक महिला समूहका विपन्न दलित महिलालाई बाख्रा वितरण गरिँदै । समूहमा आबद्ध १२ दलित महिलालाई आयआर्जनका लागि बाख्रा वितरण गरिएको छ ।
 बोखिममा खेतमा धान रोप्दै स्थानीय किसान । भोजपुरमा हालसम्म ३२ प्रतिशत  क्षेत्रमा मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 
असार ८ गतेदेखि लकडाउन खुकुलो भएसँगै वसन्तपुरमा देखिएको मानिसको चहलपहल  । 
पोखरा महानगरपालिका वडा नं १८ सराङकोटबाट देखिएको फेवाताल र लेकसाइडको दृश्य । लगातार परेको वर्षाका कारण मौसम अझै सुधार हुन सकेको छैन ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: