×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : घाँसको भारी बोकेर गन्तव्यतिर जाँदै महिला, रुपन्देहीमा व्यवसायिक रुपमा पालिएका कुखुरा

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले भक्तपुर लोकन्थलीमा घाँसको भारी बोकेर गन्तव्यतिर जाँदै गरेकी महिलादेखि रुपन्देहीको शुद्धोधन गाउपालिका अध्यक्ष शिव खड्काले व्यवसायिक रुपमा पालेका कुखुरासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
भक्तपुर लोकन्थलीमा घाँसको भारी बोकेर गन्तव्यतिर जाँदै महिला । 
रुपन्देहीको शुद्धोधन गाउपालिका अध्यक्ष शिव खड्काले व्यवसायिक रुपमा पाल्नुभएका कुखुरा ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रसुवाका प्रतिनिधिबाट कोरोना उपचारमा संलग्न रसुवा अस्पतालका स्वास्थ्यकमीलाई स्वास्थ्य सामग्री हस्तान्तरण । 
धादिङ्को वेनिघाट रोराङ् गाउँपालिका–३ खानीगाउँमा पालिएका बाख्रालाई घाँसपात हाल्ने क्रममा कृषक ध्रुवराज विश्वकर्मा ।  उहाँले रु ५० लाखको लागतमा एक वर्षदेखि बोयर जातको बाख्रापालन गर्नु भएको छ ।
ललितपुरस्थित पाटन दरबार परिसरमा रहेको २१ गजुर कृष्ण मन्दिर डबलीमा बिहीबार (जेष्ठ शुक्ल पूर्णिमा) प्रदर्शनीमा राखिएको राजा श्रीनिवास मल्लको सिंहासन प्रर्दशनीपछि दरबारमा लगिँदै । 
ललितपुरस्थित पाटन दरबार परिसरमा रहेको २१ गजुर कृष्ण मन्दिर डबलीमा बिहीबार ९जेष्ठ शुक्ल पूर्णिमा० प्रदर्शनीमा राखिएको राजा श्रीनिवास मल्लको सिंहासन प्रर्दशनीपछि दरबारमा लगिँदै । 
दङ्गीशरण गाउँपालिका– ७ मा सुनौलो हजार दिनका आमालाई अण्डा सहयोग गर्नुहुँदै वडाध्यक्ष विरबहादुर ओली । 
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्लेफाँटमा धान रोपाइका लागि बाउसे लगाउँदै युवा । वर्षा चाँडै भएपछि कृषक रोपाइमा व्यस्त छन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: