×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : सुपरमार्केटमा सामग्री खरिद गर्दै उपभोक्ता, मूल्यवृद्धिको गुनासोपछि बजार अनुगमन गरिँदै

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : सुपरमार्केटमा सामग्री खरिद गर्दै उपभोक्ता, मूल्यवृद्धिको गुनासोपछि बजार अनुगमन गरिँदै

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । 
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले राधेराधेस्थित भाटभटेनी सुपरमार्केटमा आवश्यक सामग्री खरिँद गरिरहेका उपभोक्तादेखि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले शुक्रबार गरेको बजार अनुगमसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
पछिल्लो समय कारोना सङ्क्रमण बढेपछि सरकारले जारी गरेको निषेधाज्ञाका क्रममा राधेराधेस्थित भाटभटेनी सुपरमार्केटमा आवश्यक सामग्री खरिँद गर्ने क्रममा उपभोक्ता ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले शुक्रवार गरेको बजार अनुगमन । सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारको नेतृत्वमा बनेपा नगरपालिका, काभ्रे उद्योग वाणिज्य संघ र प्रहरी प्रशासनको सहभागितामा बजार अनुगमन गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को प्रभावका कारण जारी निषेधाज्ञाकै बीचमा बजारमा उपभोग्य बस्तुमा मूल्यबृद्धि भएको गुनासो आएको छ । 
तनहुँको व्यास नगरपालिका–६ भतेरीमा नहर निर्माणका लागि खटिएका कामदार । कोरोना कहर र निषेधाज्ञाका बीचमा पनि सञ्चालन भएको काममा स्थानीयले रोजगारी पाएका छन् ।
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका दिप पशुपंक्षी फार्ममा पालिएको स्थानीय जातका कुखुरा । दिपा महत जिसीले स्थानीय जातका कुखुराको ब्यवसायिक पालन गरेर राम्रो सफलता प्राप्त गर्नुभएको छ ।
चन्द्रागिरि नगरपालिकास्थित वतासे डाडावाट देखिएको काठमाडौँ उपत्यकाको बाक्लो बस्ती । 
शिवराज नगरपालिकाले उत्पादनमा वृद्धि गर्ने उद्देश्यले नगरका कृषकलाई हाते ट्याक्टर वितरण गर्ने कार्यक्रममा  नगरपालिका प्रमुख नेत्रराज अधिकारी । नगरका ४६३ जना कृषकलाई पम्पसेट,हातेट्याक्टर,सिँचाई मोटर लगायत सामग्री वितरण गरिएको छ । 
पछिल्लो समय कारोना सङ्क्रमण बढेपछि सरकारले जारी गरेको निषेधाज्ञाका क्रममा चहलपहल कम भएको ललितपुर– बालकुमारी सडक खण्ड । 
रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखरा र आर्ट अफ लिभिङद्वारा फेवातालका डुङ्गा चालकलाई वितरण गरिएको राहत सामग्री लिएर जाँदै डुङ्गा चालक ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: