
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले पोखरा महानगरपालिका वडा नं १७ रातोपहिरास्थित सेती नदीको किनारमा एउटा कोठामा बसेका १८ वर्षीय अपाङ्ग पूर्ण थापामगरको परिवारदेखि निषेधाज्ञाको कुनै पर्वाह नगरी दिनचर्या चलाउन दाङको तुलसीपुर बजारमा लिची बेच्दै महिलासम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
पोखरा महानगरपालिका वडा नं १७ रातोपहिरास्थित सेती नदीको किनारमा एउटा कोठामा बसेका १८ वर्षीय अपाङ्ग पूर्ण थापामगरको परिवार । सात जना एउटै कोठामा बस्दै आएको सो परिवार निषेधाज्ञाको कारण रोजगारी खोसिएपछि यतिखेर कष्टकर जीवन बिताउन बाध्य छन् ।

निषेधाज्ञाको कुनै पर्वाह नगरी दिनचर्या चलाउन दाङको तुलसीपुर बजारमा लिची बेच्दै महिला ।

तनहुँको व्यास नगरपालिका–१ गल्बुबेंसीस्थित प्रतीक कुखुरा फार्ममा कार्यरत कामदार बिक्रीका लागि बजार लैजान फुल क्रेटमा राखेर मिलाउँदै । अण्डाको साइजअनुरुप प्रतिक्रेट रु३५० देखि ४०० सम्म बिक्री हुने गरेको छ ।

स्याङ्गजाको चापाकोट नगरपालिकाको निर्दिममा लटरम्म लिची ।

आइतबार राति परेको पानीले तनहुँको व्यास नगरपालिका–३, दमौली खेलमैदानमा भत्किएको पर्खाल । पर्खाल बनाउँदा गुणस्तरीय नभएका कारण सामान्य वर्षा हुँदा भत्किएको हो ।

तुलसीपुर नगर जेसिजका अध्यक्ष नारायण भट्टराई दाङको दंगीशरण गाउँपालिकाको कोरोना विशेष अस्पताल बागरलाई अर्थ सङ्कलन गरेर स्वास्थ्य सामग्री, पानी र रकम सहयोग गर्दै ।

समुन्द्र सतहदेखि चार हजार ५०० मिटर उचाइ पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ स्थित हिमालको फेदीमा भक्तजनका लागि निर्माणाधीन भक्तशाला ।

पोखराको विपी चोकस्थित चिप्लेढुङ्गामा लायन्स क्लब अफ पोखरा अभियानद्वारा सुरु गरिएको ‘हुनेले दिएर जाऊ नहुनेले लिएर जाऔं’ खाद्य बैंकबाट सामान लिँदै कोरोनाका कारण समस्यामा परेका व्यक्ति ।

पाल्पाको रामपुर नगरपालिका–५ का किसानले व्यावसायिक रुपमा गरेकोे सूर्यमुखी खेती । यस वर्ष यहाँका कृषकले मकै लगाउने जग्गामा पकेट कार्यक्रमअन्तर्गत सूर्यमुखी फूलको खेती शुरु गरेका छन् ।

तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित वनमा चितुवा नियन्त्रणका लागि राखिएको खोर । चितुवाको त्रास बढेपछि वन कार्यालयले खोर राखेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्