
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले ताप्लेजुङको फुङ्लिङ नगरपालिका—७ बाहन्दे दोभान सडक खण्डमा गुजारा चलाउनका लागि गिट्टी कुट्दै गरेका स्थानीय महिलादेखि गुल्मीको रेसुङ्गा नगरपालिका –७, पहिरोको उच्च जोखिममा रहेको बेदुखर्क गाउँसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
ताप्लेजुङको फुङ्लिङ नगरपालिका—७ बाहन्दे दोभान सडक खण्डमा गुजारा चलाउनका लागि गिट्टी कुट्दै स्थानीय महिला । एक ट्याक्टरको रु तीन हजार ५०० मा बिक्री गर्दै आएको छ ।

गुल्मीको रेसुङ्गा नगरपालिका –७, पहिरोको उच्च जोखिममा रहेको बेदुखर्क गाउँ । यही असार १ गते गएको पहिरोले गाउँमा दुई घर पुरिनुका साथै १५ घर विस्थापित भएका छन् ।

म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा खसेको पहिरो पन्छाएर मर्मतका लागि श्रमदान गर्दै प्रजिअ गणेशबहादुर अधिकारीसहित सुरक्षा अधिकारीहरु ।

बागलुङ नगरपालिका–३ गौँडाकोटमा पहिरो खसेपछि क्षतिग्रस्त बनेको सडक ।

बिगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण बाढी पहिरो र डुबानहरुबाट प्रभावित देशका विभिन्न स्थानहरुमा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरि विस्तापित सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका वडा नं ४ स्थित गल्थुम र माझिटार ईलाकामा नेपाली सेनाको उद्धार टोलीले बाढीबाट विस्थापित भएका परिवारहरुलाई बस्नको लागि दुई स्थानमा सात÷सात वटा गरी जम्मा १४ वटा अस्थायी बासस्थानको व्यवस्था गरेको छ ।

काठमाडौँ महानगरपालिका वडा नं १४ बाफलमा फोहर सङ्कलन गर्दै महानगरपालिकाका सरसफाइकर्मी ।

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं २ मा पानी परेपछि खेतमा धान रोप्दै खेताला ।

पोखरा महानगरपालिका–६ ताल बाराही मन्दिर जाने बाटो नजिकै बाँसको झ्याङमा बचेरालाई चारो खुवाउँदै वस्तु बकुल्ला ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्