×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : चैते धान थ्रेसिङ गर्दै कञ्चनपुरको बेलौरीका किसान, भुटेको चनाको व्यापार गर्दै पोखराका व्यापारी

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले बेलौरी नगरपालिका हात्तिबोझाका किसान चैते धान थ्रेसिङ गरिरहेकोदेखि पोखरामा निषेधाज्ञा खुकुलो भएसँगै भुटेको चना बिक्री गर्दै हिँडेका व्यापारीसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
बेलौरी नगरपालिका हात्तिबोझाका किसान चैते धान थ्रेसिङ गर्दै । चैते धान खेती गरेका किसालाई लगातारको बर्षाका कारण बाली भित्राउन समस्यामा पारेको छ ।
पोखरामा निषेधाज्ञा खुकुलो भएसँगै भुटेको चना बिक्री गर्दै हिँडेका व्यापारी । 
तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित बासेगैह्रा ठकुरीडाँडा सामुदायिक वनमा वन्यजन्तुका लागि निर्माण गरिएको पोखरी । मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि डिभिजन वन कार्यालयले वनभित्र पोखरी निर्माणलाई जोड दिएको छ । 
स्याफ्रुबेँसी बजार । लाङ्टाङ र रसुवागढीबाट आउने भोटेकोसी खोला जोडिने संगम स्थल तथा त्यस वरपर क्षेत्रमा विकास हुँदै गएको पूर्वाधारका साथै बस्तीले यो स्थान रमणीय बन्दै गएको छ । 
पोखरा प्रवेश गर्ने मुख्य नाकामा रहेको विजयपुर पुल निर्माण गरिँदै । 
काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको कुशादेवी क्षेत्रमा कृषकले सङ्कलन गरेको डेरीमा दूध ल्याइँदै । कुशादेवीमा रहेको हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर प्रा।लिमा दैनिक पाँच हजार लिटर दूध सङ्कलन गर्दै आएको छ । 
म्याग्दीका धवलागिरि गाउँपालिका–७ धारापानीमा बाख्रा चराउनका लागि चरणक्षेत्रतर्फ लैजाँदै गरेका किसान । 
धनगढीको दिपटोल नजिकै एक स्थानीयले व्यवसायिक रुपमा गरेको तरकारी खेती । 
बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविका विद्यार्थी विद्यालयबाट घरतर्फ जाँदै । उनीहरु नयाँ कक्षामा भर्ना गराएर घर फर्किन लागेका हुन् । हाल जिल्लाभर भर्ना अभियान सञ्चालनमा रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: