
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ ।
समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले लमजुङ बेँसीशहर नगरपालिका– ७स्थित नेपाल एसबिआई बैंकमा पेन्सन लिन बसेका सेवाग्राहीदेखि ललितपुरको इमाडोलमा फलफुल पसलमा सर्वसाधारणको भीड लागेकोसम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचारः
पछिल्लो समय कोरोना सङ्क्रमण बढेपछि सरकारले जारी गरेको निषेधाज्ञाका क्रममा बिहीबार लमजुङ बेँसीशहर नगरपालिका– ७स्थित नेपाल एसबिआई बैंकमा पेन्सन लिन बसेका सेवाग्राही ।

ललितपुरको इमाडोलमा फलफुल पसलमा सर्वसाधारणको भीड ।

डुम्रे बेँसीशहर सडकखण्ड नजिकै लमजुङ बेँसीशहर नगरपालिका– १ स्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधस्थल क्षेत्र ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ५ चण्डेश्वरीस्थित खेतमा घाँस काट्दै महिला ।

पर्यटकीय नगरी पोखरामा अवस्थित फेवातालमा तालबाराही मन्दिर । करिब पाँच महिनाअघि बाँध मर्मतका लागि घटाइएको पानीको सतह अहिले पूर्वावस्थामा ल्याइएको छ ।

कोरोनाबाट बच्न गरिएको निषेधाज्ञा उल्लङ्घन गरी सवारी साधन चलाइएका सवारी गुल्मी सदरमुकाम तम्घासको प्रवेशद्वार रेसुङ्गा नगरपालिका–१ उदिनढुङ्गामा नियन्त्रणमा लिँदै प्रहरी । निषेधाज्ञाको पूर्ण कार्यान्वयनका लागि प्रहरीको सक्रियता बढ्दै गएको छ ।

गोरखा सदरमुकाम क्षेत्रका औषधि पसलहरुको बिहीबार संयुक्त बजार अनुगमन समितिद्वारा अनुगमन गर्दै ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ मा बिहीबार एन्टिेजनबाट कोरोना परीक्षण गरिँदै । ६७ जनामा गरिएको परीक्षणबाट १८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–७ का युवा कोरोना सङ्क्रमितको घरमै पुगेर स्वास्थ्य बुझ्दै स्वास्थ्यकर्मीको टोली । जनप्रतिनिधि तथा युवाको सक्रियतामा घरमै पुगेर सङ्क्रमितको अवस्था बुझ्न थालिएको हो ।

जिल्लाका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै संविधानसभा सदस्य तथा नेपाली काँग्रेसका युवा नेता रामहरि खतिवडा । खतिवडाले गृह जिल्ला ओखलढुङ्गालाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । कोरोना सङ्क्रमणबाट नागरिकलाई बचाउन जिल्लाभर मास्क बाड्ने गरी ९५ हजार थान मास्क, सेनिटाइजर, ७५ थान पिपिइ सेट, सङ्क्रममितको शव व्यवस्थापन गर्दा सेनाले लगाउने कपडा, एक हजार ५०० पिस साबुनसहितको करीब रु ५ लाख बराबरको सामान खतिवडाले प्रशासनलाई उपलब्ध गराउनुभएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्