×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : राष्ट्रिय वणिज्य बैंक धनगढी शाखामा सेवाग्राहीको चाप बढ्यो, नदी कटानको जोखिममा दरबाङ बजार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले राष्ट्रिय वणिज्य बैंक धनगढी शाखामा बुधबार सेवाग्राहीको चाप ह्वात्तै बढेकोदेखि म्याग्दी नदीको कटानबाट जोखिममा परेको म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
राष्ट्रिय वणिज्य बैंक धनगढी शाखामा बुधबार विभिन्न कामका लागि आएका सेवाग्राही । निषेधाज्ञा खुकुलो भएसँगै यहाँका बैंक तथा सरकारी कार्यालयमा सेवाग्राहीको चाप ह्वात्तै बढेको छ । 
म्याग्दी नदीको कटानबाट जोखिममा परेको म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार । नदीको बहाबले बजारतर्फ संरक्षणका लागि बनाइएको तटबन्ध बगाएर कटान थालेपछि बजार जोखिममा परेको छ ।
जाजरकोट  भेरी नगरपालिका –३ स्यालामा रोपाई गरिँदै । यो क्षेत्र सबैभन्दा बढी धान उत्पादन हुने गर्दछ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको विक्रम नाम गरेको गैँडालाई घाँस खुवाइँदै । 
रोपाइँमा हिलो खेलेपछि पानीले अनुहार पखाल्दै बागलुङ नगरपालिका–४ कुँडुलेका बालक ।
धनगढी उपमहानगरपालिका– १३ स्थित मोहनपुरमा खेतमा धान रोप्दै स्थानीय किसान । यस वर्ष समयमै वर्षा शुरु भएकाले यहाँका किसानलाई रोपाइँ गर्नमा चटारो छ । 
कपिलवस्तुको शिवराज नगरपालिका– ४ वनकट्टीका किसान रोपाइँ गर्न बीउ काढ्दै । यस वर्ष विगतमा भन्दा छिटो वर्षा भएपछि किसान रोपाइँ गर्ने तयारीमा छन् । 
कपिलवस्तुको शिवराज नगरपालिका– ४ वनकट्टीका किसान रोपाइँ गर्न बीउ काढ्दै । यस वर्ष विगतमा भन्दा छिटो वर्षा भएपछि किसान रोपाइँ गर्ने तयारीमा छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: