×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नर्भिक इन्टरनेशनल हस्पिटलद्वारा फिजियो थेरापीको होम सर्भिस सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नर्भिक इन्टरनेशनल हस्पिटलद्वारा फिजियो थेरापीको होम सर्भिस सुरु

Artha Sarokar

१५ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले फिजियो थेरापीको होम सर्भिस सुरु गरेको छ । पछिल्लो समय लोकप्रिय हुँदै गएको उपचारविधि फिजियो थेरापी सेवा अब नर्भिक अस्पतालको विशेषज्ञसहितको टिमले घरमै गएर उपलब्ध गराउने भएको हो । हाल स्वास्थ्य क्षेत्रमा व्यक्तिगत रुपमा फिजियो थेरापिष्टहरुले होम सर्भिसको सेवा दिने केही अभ्यास रहे पनि संस्थागत रुपमै यस्तो अभ्यास त्यति धेरै भएको थिएन । नर्भिकले फिजियो थेरापी सेवालाई घरमै पुगेर दिने संस्थागत प्रयासको थालनी गरेको हो ।
तत्कालका लागि यो सेवा काठमाण्डौ उपत्यकाभित्र मात्र सीमित गरिएको छ । कोहीकसैलाई फिजियोथेरापी सेवा चाहिएमा नर्भिकमा फोन सम्पर्क गरी फिजियो थेरापिष्टहरुलाई बोलाउन सकिनेछ । फोन गरेपछि बिरामीको विषयमा बताइएको अवस्थाको गाम्भीर्यतालाई हेरी चाँडोभन्दा चाँडो अस्पतालका फिजियो थेरापिष्टहरु अत्याधुनिक उपकरणसहित बिरामीको घरैमा पुग्नेछन् ।
नर्भिक अस्पतालबाट यो सेवा लिनका लागि बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सम्पर्क गर्नुपर्नेछ । नर्भिकले थालेको होम सर्भिसले फिजियो थेरापी सेवाका लागि मात्र अस्पताल बस्नुपर्ने बाध्यतामा रहेका बिरामीहरु र कोभिड–१९ को संक्रमणको जोखिमका कारण अस्पताल पुग्न नचाहने बिरामीहरु बढी लाभान्वित हुने नर्भिकको फिजियो थेरापी डिपार्टमेन्ट प्रमुख समीम अख्तरले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी