×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंक लिमिटेडको ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रभु बैंक लिमिटेडको ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

Artha Sarokar

२६ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ । तोकिएको समयमा पुरै ऋणपत्र बिक्रि नभएपछी बैंकले पुन म्याद थपेर जेठ २६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरेकोमा आज कार्यालय समयसम्म आवेदन दिन पाइने भएको हो ।  
बैंकले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको थियो । जसमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । ४० लाख इकाई ऋणपत्रमध्ये २५ सय इकाई ऋणपत्र म्युचुअल फन्डलाई बाँडफाँड भइसकेको छ भने २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 
बाँकी १६ लाख ७७ हजार ५०० इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सो ऋणपत्रमा बैंकले वार्षिक ८.५% ब्याजदर दिनेछ । बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गर्नेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । प्रभु बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ रेटिङ दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी