
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोक, फ्यान्टा र स्प्राइटको भाउ बढेको छ । एक सूचना जारी गर्दै वोटलर्स नेपाल लिमिटेड बालाजु तथा वोटलर्स नेपाल लिमिटेड (तराई) ले उत्पादनको भाउ बढेकाले कोक, फ्यान्टा र स्प्राइटको भाउ बढेको जनाएको हो ।
कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्य सूचीअनुसार १.५ लिटरको कोक र फ्यान्टाको खुद्रा मूल्य प्रति बोतल १६० रुपैयाँ पुगेको छ । यसअघि १४० रुपैयाँमा यी उत्पादन सजिलै पाइने गर्दथियो । यस्तै कम्पनीले कोक र फ्यान्टा एक केस (६ बोतल) को मूल्य ९६० रुपैयाँ तोकेको छ । यता २.२५ लिटरको कोक, फ्यान्टा र स्प्राइटकोे मूल्य प्रति वोतल २२५ रुपैयाँ पुगेको छ ।
यसअघि २.२५ लिटरका कोक, फ्यान्टा र स्प्राइट २०० रुपैयाँ प्रति बोतलमा उपलब्ध हुँदै आएको थियो । कम्पनीले २.२५ लिटरका कोक, फ्यान्टा र स्प्राइट एक केस (६ वोतल) को मूल्य १ हजार ३५० रुपैयाँ तोकेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्