
काठमाडौँ । नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रलले सुन र पित्तलबिचको तात्विक भिन्नता लगानिकर्ता आफैले छुट्याउन सक्नुपर्ने बताएकी छिन् । उनले सामाजिक संजाल फेसबुकमार्फत नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रलले सुन र पित्तलबिचको तात्विक भिन्नता लगानिकर्ता आफैले छुट्याउन सक्नुपर्ने बताएकी हुन् ।
यस्तो छ उनको सामाजिक संजाल फेसबुकमा राखिएको विचार :
वि.सं. २०३३ देखि औपचारिक सुरुवात भएको नेपालको पूँजीबजार चार दशकसम्म पनि अन्तराष्ट्रिय मापदण्ड अनुरुप हुन नसक्नु विडम्बना पूर्ण नै छ । अझैं पनि नेपालको पुँजी बजार पुर्ण रुपमा विकसित हुन सकिरहेको छैन् ।
बजार पूर्वाधारहरुमा सुधार तथा विकासका लागि पछिल्लो समय बोर्डले धितोपत्र बजारमा उल्लेखिय सुधार तथा बिकासका कार्यहरु गरेको छ । यस्का अलावा पुँजीबजारमा नीतिगत, भौतिक र प्राविधिक पाटाहरु अझै सुधार गर्नुपर्ने छ ।
यस्का साथै प्रशिक्षण तथा जनचेतना अभिवृद्धिलाई क्रमिक रुपमा बढाउँदै लानुपर्ने देखिन्छ । बजारका बारेमा ज्ञान नहुँदा पुँजी भएर पनि सेयर बजारमा आउँन चाहने लगानीकर्ता हच्किनु पर्ने स्थिति छ । हाम्रो बजारमा सेयर साक्षरताको अझैँ कमि छ । यस्का साथैँ पुँजी बजारको विकास र बिस्तारको लागि हामिले उठाएका जायज मागहरुको सम्बोधन यथा समयमा नहुने र सम्बन्धित निकायहरु आ-आफ्नो जिम्मेवारीबाट विमुख रहँदा पुँजी बजारमा धेरै समस्या रहेको देखिन्छ ।
केही समय यता शेयर बजारले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । गत वर्षको यसै अवधिमा ११ सय बिन्दुको हाराहारीमा रहेको नेप्से परिसूचक हाल २९ सय बिन्दुमाथि आइपुगेको छ । पुँजी बजारमा अहिले धेरै लगानीकर्ताको आकर्षण र विश्वास बढेकाले पनि नेप्से सूचकले दैनिक नयाँ रेकर्ड बनाउन सफल भएको छ । १८८१ अंकसम्म पुगेको नेप्से ईन्डेक्स चार बर्षको निरन्तर गिरावटबाट १००० को लाईनमा आई धेरै समय पछी परिसुचक पून: २९०० सम्म पुग्दा धेरै लगानीकर्तालाई लागेको थियो होला कि अब बजार प्रवेश गर्न ढिलो भैसक्यो। तर बजारमा बिल्कुलै त्यस्तो हुँदैन । बढ्दो बजारले बिश्वासको बातावरण सृजना गर्दै अवसरको दायरा झन् बढाउँदै लैजाने हुँदा यो समयमा राम्रा राम्रा कम्पनी छनौट गर्दै लगानी बढाउनु बुद्दिमानी हुन्छ।
घट्दो बजारमा सेयरको कुरा सुन्ने बित्तिकै नाँक खुम्च्याउनेहरु र सेयरबारे जानकारी नै नभएकाहरुलेसमेत निरन्तरको बढ्दो बजारसँगै चासो देखाउने गरेको पाईन्छ। जसरि भ्याकुम क्लिनरले फोहोरहरुलाई तानेर एकतृत गर्छ, त्यसैगरी बढ्दो बजारले पनि भ्याकुम बनेर लगानिकर्ताको पैसालाई सोहोरेर बजार पूँजीकरणको थुप्रोलाई बढाउँदै लैजान्छ। बजारको बढ्दो सरगर्मी सँगै पुराना, संस्थागत, अवसर कुरिरहेका तथा नवप्रवेशीहरुको संख्या बढ्दै जान्छ र यसले थप उचाईको आधार तय गर्दै जान्छ । सेयर बजारलाई कतातिर डोहोर्याउने भन्ने कुरा लगानिकर्ताको मनोविज्ञानले नै तय गर्ने बिषय हो। बजार एकैं दिनमा घट्दा लगानीकर्ताले यति गुमाएँ र बजार बढ्दा यति कुम्लाउँन सफल भएँ भन्ने जस्ता सेयर बजारको बिषयलाई लिएर समाचार संप्रेषण गर्ने मिडियाहरुले लगानिकर्तालाई सबैभन्दा बढी भ्रमित र आशाबादि पार्ने गरेको पनि पाईन्छ। यस्ता हेडलाईनका समाचारहरु पनि ध्यान पुर्याउने गर्नुपर्छ ।
सेयर बजार भनेको दुई दिनको बजार हैन। दुई चार दिन बढ्दैमा अब संसारनै जितीने अनि दुई चार दिन घट्दैमा संसारनै सकिने पनि हैन। बजारको आफ्नै लय हुन्छ, आफ्नै चाल हुन्छ। बिभिन्न परिस्थितीले बजारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। सेयर बजारमा लगानिकर्ताका दुई प्रमुख सत्रु हुन् लोभ र डर वा त्रास । यसबाट हामि सदैव टाढा बस्नुपर्छ ।
लोभ : बजार बढ्दा अब सँधै बढ्छ, बढिनै रहन्छ, कुनै बेला घट्छ पनि भनेर सोच्ने फुर्सदनै हुँदैन। यस सँगै डर र त्रास: बजार घट्दा अब सँधै घट्छ, घटिनै रहन्छ, कुनै दिन अवश्य बढ्छ भन्ने बिश्वाशनै हुँदैन। बजार सँधै बढ्दैन अनि सँधै घट्दैन पनि। बढेपछी घट्छ अनि घटेपछी बढ्छ। बजारका यि दुई प्रमुख सत्रु चिनेर समय अनुसार चल्ने लगानीकर्तानै हो बजारबाट कमाउने अनि सँधै टिकिरहने पनि । जहाँ अबसर हुन्छ, त्यहाँ चुनौती अबश्य हुन्छ । सेयर बजारलाई जती अबसरको खानिको रुपमा लिइन्छ, त्यस्मा चुनौतिहरु पनि रहेका हुन्छन् भन्ने हामिले बिर्सनु हुँदैन ।
आफुसँग भएको राम्रो कम्पनीको सेयर मुल्य सोचेजस्तो नबढ्ने तर संस्थागत शुसासन नभएका , पूँजीगत संरचना ज्यादै थोर भएका, बिगत देखिनै प्रतिफल नकरात्मक रहेका आधारभुत पक्ष कमजोर भएका कम्पनीको मुल्य तिब्र बेगले बढ्दा आफ्नो सुनलाई पित्तल सम्झेर पित्तललाई चाहिं सुन सम्झेर पोर्ट्फोलियो परिवर्तन गर्नेहरु धेरै भेटिन्छन् जुन सबैभन्दा घातक पनि हुनसक्छ । हचुवा र हल्लाको भरमा जस्तोसुकै कम्पनीमा पनि आँखा चिम्लेर लगानी गर्ने लगानिकर्ता पनि त्यत्तिकै भेटिन्छन्। र, तिनै मृत्युको मुखसम्म पुँग्ने गरेका पनि छन् । आफुसँग भएको धातु सुन हो कि हैन आफैले चिन्न सक्नुपर्छ । बजारमा पित्तलको भाउँ घट्न लागेको हल्ला सुनेर आफ्नो सुन पित्तलमा बेच्न हतारिनु पनि लगानीकर्ताकै बेवकुफी हुन जान्छ । शेयर खरिद गर्नु अगाडि कम्पनीको बारेमा बुझ्न आवश्यकका साथैं आँफुले संस्था बलियो र दिगो छानेर कम जोखिमयुक्तमा लगानी गर्नुपर्दछ ।
आर्थिक विकासको लागि पूँजी बजारको बिकास अपरिहार्य छ । चार दशक बढीको समयमा काटिसक्दा पनि यो बजार अझैं बामे सर्दै गरेको अवस्थामा रहेको हुँदा यस्को बिकास र बिस्तारमा सरकार, नियामक निकाय, लगानीकर्ताहरु सहित अन्य सरोकारबालाहरुले ध्यान दिन जरुरी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्