- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राधी विद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । आज कारोबार अवधिसम्म कम्पनीको सेयर किन्नेले उक्त लाभांश हात पार्नेछन् । कम्पनीले असार २९ गते बस्ने साधारणसभाका लागि असार १५ गते बुक क्लोज गर्ने भएको छ ।
यसर्थ लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । यसले गत वर्षको नाफाबाट ३६.५% बोनस सेयर वितरण गर्दैछ । कम्पनीले बोनसमा लाग्ने कर तिर्न नगद लाभांश भने प्रस्ताव गरेको छैन । यस्तै सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।