- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राधी विद्युत कम्पनीको ३६.५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको समायोजनपछिको भाउ ८ सय २१ रुपैयाँ निर्धारण गरेको छ । यहि भाउलाई आधार मानेर आज मंगलबार कम्पनीको सेयर कारोबार खुलेको छ ।
नेप्सेले अघिल्लो कारोबार दिन सोमबारको अन्तिम कारोबार मूल्य ११ सय २० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।