
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कोभिड-१९ बाट प्रभावित ग्राहकलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने भएको छ । बैंकले २०७८ साल असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बुझाउने ग्राहकलाई निजहरुले बुझाउने प्रचलित ब्याज रकमको सो मात्राको रकम छुट दिने भएको हो । हाल विश्वव्यापी रुपमा देखा परेको कोभिड-१९ बाट प्रभावित उद्योग व्यवसायको पूनरुत्थानको लागि नेपाल सरकारले वार्षिक बजेट तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विभिन्न नीतिगत सहूलियतका कार्यक्रमहरु ल्याएको र यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले गत जेठ ११ गते परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना ग्राहकलाई प्रोत्साहन स्वरुप ब्याजदर वा ब्याज रकममा छुट प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्नको लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीको विषम परिस्थतिका कारण ग्राहकको व्यवसायिक कारोवार बन्द रहेको तथा कर्मचारी कामदारहरुको रोजगारी गुमेको कारण नगद प्रवाहमा प्रतिकुल असर परेको छ । यसले गर्दा ग्राहकले नियमितकर्जा भूक्तानी गर्न समस्या हुने देखिएको हुँदा ग्राहकहरुलाई व्याज रकममा छुट प्रदान गर्दा कर्जा भूक्तानी गर्न सहज हुने तथा व्यवसायको निरन्तरता एवं पूनरुत्थानमा सहयोग पुग्ने बैंकको अपेक्षा रहेको छ । उक्त छुट सुबिधाबाट नेपाल भरका ७ वटै प्रदेशका २४७ शाखा कार्यालयका १ लाख ८० हजार भन्दा बढी कर्जा ग्राहकहरु लाभान्वित हुने बैंकले अपेक्षा गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्