×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कवि प्रसाद पाठकको निरन्तरता

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राष्ट्रिय बीमा संस्थानमा प्रशासकमा कवि प्रसाद पाठकले निरन्तरता पाएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पाठकलाई कार्यसम्पादन तथा मूल्याङ्कनका आधारमा थप एक कार्यकालको लागि निरन्तरता दिएको हो । जेठ ६ गतेबाट आफ्नो पहिलो कार्यकाल सकिएको उनी संस्थानबाट विदा भएका थिए ।
पठकले ८ गते नियुक्तिपत्र बुझेर ९ गते बुधबारदेखि संस्थानको कार्यभार सम्हालेका हुन् । पाठकले लामो समयदेखि थाति रहेको लेखापरिक्षण तथा साधारणसभाको कामलाई छिटो भन्दा छिटो सम्पन्न गर्ने भएका छन् । यस्तै सरकारी स्वामित्वको संस्थानलाई थप प्रतिस्पर्धी बनाएर अगाडि बढ्ने पाठकले प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: