×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘यो वर्षको मनसुन खतरायुक्त हुनसक्छ’ : कार्यकारी प्रमुख पोखरेल (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

‘यो वर्षको मनसुन खतरायुक्त हुनसक्छ’ : कार्यकारी प्रमुख पोखरेल (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने बताएको छ । सोमबार प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोगब्याधिले धेरैलाई असर गर्नसक्ने बताउनुभएको हो । उहाँले दक्षिण एसियाको मौसम सम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमान अनुसार सरदरभन्दा बढी पानी पर्ने देखाएको बताउनुभयो । अघिल्लो वर्ष कम पानी परेको अवस्थामा पनि बाढी र पहिरोको धेरै घटना घटेको हुँदा यस वर्ष विपतको घटना कहालीलाग्दो हुनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो- ‘पोहोरभन्दा यसपाली झन गाह्रो अवस्था आइपुगेको छ । पोहोर सरदर वर्षा हुँदा अकल्पनीय क्षती बेहोर्नुपर्यो । यो वर्ष झन् कहालीलाग्दो किन छ भने मौसम आउटलुक जुन तयार पारिन्छ, सरदरभन्दा बढी पानि पर्ने देखिएको छ । बाढी, पहिरोको घटना र अन्य रोगव्याधिका घटना नि बढ्ने देखेका छौँ ।’
डा. पोखरेलले बाढी, पहिरो, रोगव्याधी, सर्पदंश लगायतले १२० दिनसम्म पिरोल्ने भएकाले विपत् बाट बच्न पूर्वतयारी आवश्यक रहेको बताउनुभयो । जोखिमका बस्तीहरु छन् भने अहिलेदेखि नै सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो- ‘हरेक व्यक्ति, समुदायको आ-आफ्नो ठाउँमा पूर्वतयारी गर्नु आवश्यक छ । जोखिमका वस्तीहरु छन् भने सुरक्षित हुन अविलम्ब उपाय शुरु गर्नुपर्छ । सर-सामग्रीको जोहो गर्ने बेला यही हो । यो तयारी शुरु गरौँ ।’ उहाँले विपत् बाट बच्नका लागि र जानकारी प्राप्त गर्नका लागि सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आफुहरुले प्रेसित गर्ने सन्देशहरु निरन्तर हेर्न, पढ्न र सुन्न पनि आग्रह गर्नुभयो । हेनुहोस् भिडियोः
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: