×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेवारिसे अवस्थामा भेटिएको सेतो रतुवा मृग सदर चिडियाखानामा ल्याईयो, यसो भन्छन् भेटनिरियन थापा (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बेवारिसे अवस्थामा भेटिएको सेतो रतुवा मृग सदर चिडियाखानामा ल्याईयो, यसो भन्छन् भेटनिरियन थापा (भिडियो)

१८ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
ललितपुर । जंगलमा बेवारिसे अवस्थामा भेटिएको लोपोन्मुख सेतो रतुवा मृगलाई सदर चिडियाखानामा ल्याइएको छ । घाँस काट्न जाँदा मानिसले भेटेर ल्याइएको सेतो रतुवा मृगलाई सब डिभिजन वन कार्यालय खोपासी र डिभिजन वन कार्यालय काभ्रेले सदर चिडियाखानालाई जिम्मा लगाएको हो । सदर चिडियाखानाका भेटनिरियन डा. पर्वतजंग थापाले सेतो रतुवामृग चिडियाखानाले जिम्मा लिएको बताउनुभयो । 
अभिभावक गुमाएको अवस्थामा भेटिएको सेतो रतुवा मृगलाई चिडियाखानामा राखेर हेरविचार तथा संरक्षण गरिने उहाँले बताउनुभयो । यो प्रजातिको मृग लाखौँमा एक मात्रै भेटिने भन्दै लोपोन्मुख अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । भर्खरैको मृग भएका कारण अभिभावक नभएको अवस्थामा जंगलमा बस्न गाह्रो हुने भएकाले यसको संरक्षणका लागि चिडियाखानामा राख्नुपरेको डा. थापाले उल्लेख गर्नुभयो ।
भेटनिरियन डा. थापाले आफुहरुले काठमाडौं उपत्यका र काठमाडौं बाहिरका पनि अप्ठ्यारोमा परेको अवस्थामा भेटिएका जनावरहरुलाई उद्धार गरी संरक्षण गर्ने गरेको बताउनुभयो । उद्धार गरिएका जनावरहरु प्राकृतिक वातावरणमा रम्नसक्ने अवस्था भएमा प्राकृतिक वातावरणमै छाडिदिने र प्राकृतिक वातावरणमा उनीहरुको जीवन संकटमा परेको अवस्थामा भने चिडियाखानामै राखेर संरक्षण गरिने उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: