×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिचार्जरले भित्र्यायो उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर, राष्ट्रिय आविष्कार केन्द्रले ठुलो संख्यामा खरिद गर्यो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

रिचार्जरले भित्र्यायो उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर, राष्ट्रिय आविष्कार केन्द्रले ठुलो संख्यामा खरिद गर्यो

२० जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ई कमर्श प्लेटफर्म रिचार्जरले कोभिड बिरामीका लागि आवश्यक पर्ने उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर नेपाली बजारमा भित्र्याएको छ । यसअघि कोभिड प्रोटेक्टिभ उपकरणको बिक्री बितरण गर्दै आएको रिचार्जरले अक्सिजनको अभावलाई ध्यानमा राख्दै अस्पताल तथा घरायसी प्रयोजनका लागि ठुलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर भित्र्याएको हो ।
ग्लोबल की टेक्नोलोजी रिचार्जरले विश्व बजारका उत्कृष्ट ब्राण्ड भित्र्याएसँगै राष्ट्रिय आविष्कार केन्द्रले रिचार्जरबाट ठुलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ । रिचार्जरबाट आविष्कार केन्द्रले ५ लिटर तथा १० लिटर क्षमताका विभिन्न ब्राण्डका सय थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटरहरु खरिद गरेको हो ।
उत्कृष्ट ब्राण्ड मध्ये काइया ZY-5CA ५ लिटर १७.८ के.जी, QJ-ZY10La १० लिटर ३६ के जी र Carer ब्राण्डको ५ लिटरको CR-F5SW , CR-P5W अक्सिजन कन्सन्ट्रेटर लोकप्रिय छन् । लोकप्रिय मानिएका ब्राण्डलाई पहिलो प्राथमिकतामा राख्दै राष्ट्रिय आबिस्कार केन्द्रबाट जाच पास भएको २ बर्ष सम्मको वारेन्टी उपलब्ध गराउने रिचार्जरले जनाएको छ । घरायसी तथा अस्पताल प्रयोजनका ५ र १० लिटर क्षमताका अक्सिजन कन्सन्ट्रेटरहरु ३५ हजार रुपैयाँदेखि १ लाख ८८ हजार सम्ममा उपलब्ध हुने छन् ।
नेपाली बजारमा कोभिडसँग सम्बन्धि सामान खरिदका लागि रिचार्जर रोजाईमा परेको छ । एनजीओ , आईएनजीओ, अस्पताल, बैंक, फाइनान्स, को-अप्रेटिभ, कर्पोरेट हाउसलाई रिचार्जरले सहज रुपमा बजारमूल्य भन्दा सस्तोमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउनेछ । पल्स अक्सीमिटर, मास्क , सेनिटाईजर , पी पी ई सेट , लगायतका सामान रिजारजर एपमा सस्तो मुल्यमा उपलब्ध हुने छ । एनआईसी एशिया बैंकको भिसाकार्डवाहकले किस्ताबन्दीमा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न सक्ने ग्लोबल कि टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताएक छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: