×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१० महिनामा ८ खर्ब १० अर्ब रेमिट्यान्स भित्रियो

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

१० महिनामा ८ खर्ब १० अर्ब रेमिट्यान्स भित्रियो

Artha Sarokar

३१ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । १० महिनाको अवधिमा ८ खर्ब ९ अर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी रिपोर्टमा १० महिनामा ८ खर्ब ९ अर्ब रेमिट्यान्स भित्रिएको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६०.३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४९.० प्रतिशतले घटेको छ । यस्तै खुद ट्रान्सफर १७.२ प्रतिशतले वृद्धि भई रु.९ खर्ब ३ अर्ब ७७ करोड पुगेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी