×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया बैंकको ३० लाख इकाई ऋणपत्रमा पनि आजदेखि आवेदन दिन पाइने, न्युनतम २५ कित्तादेखि भर्न पाइने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनआइसी एसिया बैंकको ३० लाख इकाई ऋणपत्रमा पनि आजदेखि आवेदन दिन पाइने, न्युनतम २५ कित्तादेखि भर्न पाइने

६ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज आइतबार असार ६ गतेदेखि एनआइसी एसिया बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित मूल्यमा ३० लाख इकाई ‘एनआइसी ऋणपत्र २०८८’ जारी गरेको हो । कुल ३० लाख इकाईमध्ये १२ लाख इकाईमा सर्वसाधारणले लगानी गर्न सक्नेछन् भने बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
बैंकले यस ऋणपत्रमा वार्षिक व्याजदर ८.५% दिने जनाएको छ भने ऋणपत्रमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ । ऋणपत्रमा २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । एनआइसीले ऋणपत्र निष्कासनका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । बैंकको ऋणपत्रलाई कियर रेटिङ नेपालले कम जोखिम जनाउने कियर एनपी सिंगल ए रेटिङ प्रदान गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: