×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ५० करोडको २५ लाख इकाई ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, तपाई छुट्नु त् भएन ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकको ऋणपत्रमा आज कार्यालय समयसम्म आवेदन दिन पाइने भएको हो । बैंकले जेठ २५ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र बिक्री खुला भएको हो ।
जसमा १० लाख इकाई ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ भने बाँकी १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बैंकले वार्षिक ८.५% ब्याजदरमा ६ वर्ष अवधि भएको आरबीबीएल डिबेन्चर २०८३ जारी गर्न लागेको हो । लगानीकर्ताले सो ऋणपत्रमा जेठ २८ गतेसम्म आवेदन दिन सक्नेछन् भने न्यूनतम २५ कित्तादेखि अधिकतम सबै कित्तासम्म भर्न पाइनेछ ।
बैंकको ऋणपत्रलाई कियर रेटिङ नेपालले पर्याप्त मात्रमा सुरक्षित जनाउने इक्रा एनपी सिंगल ए प्लस रेटिङ प्रदान गरेको छ । बैंकले ऋणपत्र जारी गर्न एनआइबीएल एस क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: