
काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई आठ प्रतिशत प्रतिफल दिने भएको छ । कोषले आर्थिक वर्ष २०७६/०७७ भित्र सूचीकृत योगदानकर्तालाई वृद्धावस्था सुरक्षा योजना अन्तर्गतको सङ्कलित योगदान रकमको लगानीबाट प्राप्त प्रतिफल योगदानकर्तालाई दिन लागेको हो ।
सो अवधिमा ३ करोड ८० लाख १५ हजार ६९८ रुपैयाँ ८० पैसा वितरण योग्य रहेको कोषले जनाएको छ । वृद्धावस्था सुरक्षा योजनामा सङ्कलित रकमको लगानीबाट आएको व्याजबाट योगदानकर्तालाई आठ प्रतिशत प्रतिफल वितरण गर्ने सकिने अवस्था देखिएको कोषका सह प्रवक्ता रोहित रेग्मीले जानकारी दिनुभयो । कोषले प्रतिफल बराबरको रकम सम्बन्धित योगदानकर्ताको खातामा जम्मा गर्ने जनाएको छ ।
कोषले २०७६ साउनदेखि योगदान रकम सङ्कलन गर्न थालेको थियो । कोषमा हालसम्म १४ हजार ५८० रोजगारदाता २ लाख ५१ हजार २९२ योगदानकर्ता सूचीकृत छन् । कोषमा ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम सङ्कलन भएको छ । कोषले विभिन्न योजनाअन्तर्गत योगदानकर्तालाई ६ करोड ९७ लाख गरी कुल ११ करोड ६२ लाख दाबी भुक्तानी गरेको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्