
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले नयाँ सुविधा सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै समृद्धि मोवाइल बैंकिङ एपबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने गरी नयाँ सुविधा सार्वजनिक गरेको हो । जसअन्तर्गत सिटी एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ एपमा थप गरिएको छ । उक्त सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले नेपालभरी पैसा पठाउन र विदेश वा नेपालभित्रबाट पठाएको पैसा घरै बसी सहजै पाउनेछन् ।
रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैंकिङ एपमा रहेको रेमिट्यान्सबाट ‘सेन्ड मनी’ मार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न सकिनेछ । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ । यसका साथै मोबाईल बैंकिङ एपमा रहेको रेमिट्यान्सबाट ‘रिसिभ मनी’ प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैक खातामा संकलन गर्न सक्नेछन् ।
साथै कम्पनीले संचालनमा ल्याएको समृद्धि एमबैंक एप्लीकेसनबाट ग्राहकहरुले घरमै बसी बसी डिजिटल पेमेन्टको प्रयोगबाट समानहरु खरिद गर्ने, एक बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्ने, विद्युत तथा फोन महशुल तिर्नूका साथै मोवाइल रिचार्ज गर्ने र अन्य धेरै सुविधाहरु पनि लिन सकिनेछ । यस्तै कम्पनीले सम्पूर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ र डेवीट कार्ड सेवालाई पनि निःशुल्क गरेको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका सेवाहरु पनि संचालनमा छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्