×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकको ७५ करोड रुपैयाँको ७ लाख ५० हजार इकाई ऋणपत्र बिक्री खुला, ९ प्रतिशत ब्याजदर पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सांग्रिला डेभलपमेन्ट बैंकको ७५ करोड रुपैयाँको ७ लाख ५० हजार इकाई ऋणपत्र बिक्री खुला, ९ प्रतिशत ब्याजदर पाइने

Artha Sarokar

६ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आज आइतबारदेखि ऋणपत्र बिक्री खुला भएको छ । बैंकले ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार इकाई ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँमा १० वर्ष अवधिको सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर “२०८७” नाममा ऋणपत्र जारी गरेको हो ।
बैंकले ३ लाख इकाईमा सर्वसाधारणका लागि छुट्याएको छ भने बाँकी ४ लाख ५० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ९% ब्याजदर पाइनेछ । ऋणपत्र बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।
यस्तै बैंकको ऋणपत्रमा असार ९ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् भने बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी डबल बी प्लस’ रेटिङ दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी