
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल धितोपत्र बोर्डले विश्लेषण गरेर मात्र सेयर किन्न सम्पूर्ण लगानीकर्ताहरुलाई आग्रह गरेको छ । पछिल्लो समय सेयर बजारमा नयाँ नयाँ रेकर्ड बनाउँदै गर्दा बोर्डले भने सबै लगानीकर्तालाई यस्तो आग्रह गरेको हो । बोर्डले सेयर कर्नरिङ्ग, सर्कुलर ट्रेडिङ्गलगायत गतिविध हुन थालको भन्दै कम्पनीको आधारभुत तथा प्राविधिक विषय विश्लेषण गरेर मात्र सेयर किन्न भनेको हो ।
अहिले झन्डै ९० प्रतिशत कारोबार अनलाइनमार्फत् लगानीकर्ताले घरबाटै गरिरहेका छन् भने प्राथमिक र दोश्चो बजारमा लगानी गर्ने लगानीकर्ताको संख्यामा ह्वात्तै वृद्धि भएको छ । यता पछिल्लो समय धितोपत्रको दोश्रो बजारमा कारोबार वृद्धिसँगै सेयर कर्नरिङ, सर्कुलर ट्रेडिङ भएका गुनासा पनि प्राप्त भई बोर्डले यस सम्बन्धमा अध्ययन सुरु गरेको बताएको छ ।
यस सम्बन्धमा बोर्डले एक विज्ञप्ति नै जारी गरेको छ । विज्ञप्तिमा ‘उपर्युक्त परिप्रेक्षमा धितोपत्र सम्बन्धी ऐन, २०६३ ले बर्जित गरेका क्रियाकलापमा संलग्न नहुन सबैलाई सजग गराउँदै सम्पूर्ण लगानीकर्तालाई देशको विद्यमान आर्थिक परिदृष्य, सूचीकृत संगठित संस्थाहरूको वित्तीय कार्यसम्पादनको आधारभूत विश्लेषण (प्रतिसेयर आम्दानी, प्रति सेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात, किताबी मूल्यमा बजार मूल्यको अनुपात आदिको विश्लेषण), परिसूचक तथा कम्पनीको बजार मूल्यसम्बन्धी प्राविधिक विश्लेषण, संस्थागत सुशासनको अवस्था समेतलाई मूल्यांकन गरी लगानी गर्न अनुरोध गर्दछौं ।’ उल्लेख छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्