
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सेयर मूल्यमा चलखेल गरिएका कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ । नेपाल धितोपत्र बोर्डले गरेको अध्ययनमा ५१ वटा कम्पनीको सेयर मूल्यमा चलखेल गरी सेयर मूल्य बढाएको पाइएपछी बोर्डले त्यस्ता कम्पनीमा लगानी गर्दा होसियार हुनसमेत लगानीकर्ताहरुलाई अनुरोध गरेको छ ।
तर सोमबार नै तयार भईसकेको विज्ञप्ति बजार बन्द भएपछी मात्र सार्वजनिक गरिएको र मंगलबार धितोपत्र बोर्डका कर्मचारीले आफ्ना मान्छेहरुलाई यस्तो विज्ञप्ति आउंदैछ, यी कम्पनीका सेयरहरु बेच्नु भन्दै जानकारी दिएर चलखेल गरेको भन्दै धितोपत्र बोर्डका केहि कर्मचारीविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ।
अझ खास कुरा त के हो भने सो उजुरी गर्ने व्यक्ति धितोपत्र बोर्डकै कर्मचारी हुन् ।
नियामकको रुपमा तथष्ट हुनुपर्ने ठाउँमा बोर्डका कर्मचारीहरुले नै चलखेल गरी आफ्नालाई सूचना चुहाएको भन्दै यस विषयमा छानविन गरिदिन भन्दै उक्त उजुरीको बोधार्थ अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा समेत बुझाइएको छ ।
‘धितोपत्र बोर्डमा प्रतिवेदन सोमबार नै तयार भईसकेको थियो । आफ्नाहरुलाई बेच्ने मौका दिएर मात्र सो सूचना प्रकाशित गर्नेगरी तयारी भएको हल्ला बोर्डमा चलेको थियो । नभन्दै त्यस्तै भयो ।’ उजुरीकर्ता कर्मचारीले अर्थ सरोकार डटकमसँग भने, ‘बोर्डको नेतृत्व नफेरिएसम्म लगानीकर्तामाथि अन्याय हुन रोकिने छैन । सरकारसमक्ष नै उजुरी गरेको छु, हेरौं कस्तो कारवाही हुन्छ । ‘
यस विषयमा थप तथ्य अर्को अंकमा…
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्