×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

५१ कम्पनीको लिष्ट बनाउँदा सेबोनका कर्मचारीले मापसे गरेको शंका, ६ महिनादेखि कारोबार नभएको कम्पनीमा कसरी हुन्छ चलेखेल ?

BIZBAZAR

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सेयर मूल्यमा चलखेल गरिएका भन्ने आशय देखिने गरी ५१ कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ । नेपाल धितोपत्र बोर्डले गरेको अध्ययनमा ५१ वटा कम्पनीको सेयर मूल्यमा चलखेल गरी सेयर मूल्य बढाएको पाइएको आशयसहितको विज्ञप्ति बोर्डले निकालेको छ ।
तर सो लिष्ट निकाल्दा बोर्डले हदैसम्मको लापरवाही गरेकोसमेत देखिएको छ । ६ महिनादेखि कारोबार नै नभएको कम्पनी घोडीघोडा लघुवित्त वित्तीय संस्थामा समेत चलखेल भएको आशय देखाएर बोर्डले जग हँसाउने काम गरेको छ । सो कम्पनीको २०२० नोभेम्बर ५ देखि नेप्सेमा कारोबार नै भएको छैन । अझ इपीएस एउटा समयको लिने र मूल्य अर्को समयको राखेर बोर्डले लगानीकर्ताको आँखामा छारो हाल्ने दुष्प्रयास गरेको छ ।
‘कारोबार नै नभएको कम्पनीको सेयर मूल्यमा कसरी चलखेल भयो ?’ अर्थ सरोकारको प्रश्नमा धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी भन्छन्, ‘ यो अध्ययन हुने गर्ने टिमलाई म यो कुरा पुर्याउछु। कम्पनीमा चलखेल भएको छ भनेर कतै पनि भनिएको छैन । हामीले भाषा मिलाउन नजान्दा धेरैतिर भ्रम पर्यो ।
यता लगानीकर्ताहरुले भने यो लिष्ट बनाउनेले लिष्ट बनाउने बेलामा मापसे गरेको शंका गरेका छन् ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal