×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

काकाको पहलले ‘डाका’हरुलाई झट्का : वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीको कारोबार रोक्का गर्न निर्देशन

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । समयमा वित्तीय विवरण प्रकाशित नगर्ने हाइड्रोपावर कम्पनीहरुको कारोबार रोक्का गर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । बोर्डले वित्तीय विवरण सार्वजनिक नगर्ने खानीखोला हाइड्रो पावर कम्पनी, जोशी हाइड्रो पावर,  हिमाल दोलखा हाइड्रोपावरलगायतका कम्पनी कारोबार रोक्का गर्न नेप्सेलाई निर्देशन दिएको हो  । 
हिजो मंगलबार सेयर लगानीकर्ता अर्थात् सेयर ‘काका’का रुपमा परिचित केशव कोइरालाले दिएको निवेदनपछि सेबोनले यस्तो कदम चालेको हो । कोइरालाले सेबोन, नेप्से, नेपाल विधुत नियमन आयोगमा पुगेर वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीहरुलाई कारवाहीको माग राखेका थिए । 
बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले काकाको उजुरीपछि आज नेप्सेलाई यस अघि दिईएको निर्देशन कडाईका साथ पालना गर्न निर्देशन दिईएको बताएका छन् । बोर्डले यसअघि नै सुचिकृत कम्पनीलाई वार्षिक प्रतिवेदन, त्रैमासिक प्रतिवेदन , प्रमुख वित्तीय सूचकहरु , पछिल्लो ५ वर्षको वित्तीय जानकारी, कम्पनी सम्बन्धि तथ्याङक लगायतका जानकारी वेवसाइटमा राख्न निर्देशन दिएको थियो । 
वित्तीय विवरण सार्वजनिक नगरेर लगानीकर्ताको आखामा छारो हाल्ने कम्पनीहरुलाई लगानीकर्ताहरुले ‘डाका’ कम्पनीको संज्ञा दिँदै आएका छन् । 
हेर्नुहोस् विभिन्न निकायमा दिनुभएको उजुरीको विशेष कभरेजसहितको अर्थसरोकार टेलिभिजन कार्यक्रम :

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal